दफा ३५
विश्वविद्यालयको विघटन
(१) कुनै कारणले विश्वविद्यालय सञ्चालन हुन नसक्ने भएमा संरक्षक समितिको सिफारिसमा नेपाल सरकारले विश्वविद्यालय विघटन गर्न सक्नेछ ।
(२) विश्वविद्यालय विघटन भएमा त्यस्तो विश्वविद्यालयको सम्पत्ति तथा दायित्व नेपाल सरकारमा सर्नेछ ।